दुर्घटनामा पाँच विद्यार्थी घाइते
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
दमक,साउन १४। झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् ।
इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजुंगी–गौरीगञ्ज सडकतर्फ मोड्दा ठक्कर दिएको थियो ।
यसरी घाइते हुनेमा दमक–१ का १४ वर्षीया सोनिया सुनाम, नौ वर्षीय आशिष सुनाम, दमक–६ का सात वर्षीय शिशिर धमला, दमक–८ का १० वर्षीय युजन सापकोटा र दमक–९ का ११ वर्षीय कृष्ण ताजपुरिया रहेको ट्राफिक प्रहरी नायब निरीक्षक विनोदकुमार खतिवडाले बताए । घाइते सबै स्कुल बसमा सवार थिए ।
घाइतेमध्ये शिशिर र कृष्णको विराटनगरस्थित न्यूरो अस्पताल र अन्य घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुबै सवारी अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)