मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

नेता नेपाल आज स्वदेश फिर्ता

काठमाडौँ, साउन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी आज स्वदेश फर्किएका छन् ।

निर्वाचन पर्यवेक्षणका क्रममा उनले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गरेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

त्यहाँ आइतबार संसदीय निर्वाचन भएको थियो । सो निर्वाचनको पर्यवेक्षण गर्न सांसद सुजाता कोइराला र भानुभक्त ढकालसमेत गएका थिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल ‘सेन्ट्रिस्ट एशिया प्यासिफिक डेमोक्र्याट्स इन्टरनेशनल’ को उपाध्यक्ष हुन् ।

प्रतिकृयाहरु
Loading...