माइक्रोे बस र ट्रक ठोकिदाँ एकको मृत्यु, १५ घाइते

तनहुँ, साउन १४ । माइक्रोे बस र ट्रक एक आपसमा ठोकिदाँ सोमबार बिहान तनहुँमा एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा भोजपुर जिल्ला बोक्सिङ नगरपालिका घर भएकी १९ वर्षीया सविना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परी सख्त घाइते भएकी राईको उपचारको क्रममा पोखरास्थित मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँ जाँदै गरेको बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक पृथ्वीराजमार्ग सडक अन्र्तगत व्यास नगरपालिका वडा नं १२ छिर्कनेमा ठोकिदाँ सो दुर्घटना भएको हो ।

दुर्घटनामा सख्त घाइते भएका तीन जनाको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ भने १२ जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *