जोखिमयुक्त १३ बस्तीका भुकम्पपिडितहरु सुरक्षित बस्तीको खोजीमा

ओखलढुगां, साउन ९ । ओखलढुगांमा भुकम्पबाट जोखिमयुक्त १३ वटा बस्तीका २ सय १४ घर भुकम्पपिडितहरु सुरक्षित बस्तीको खोजीमा रहेका छन् । भुकम्पपिडितहरु बसोबासको सुरक्षित बैकल्पीक ब्यबस्था नहुँदा अझै सम्म कहाँ बस्ने भनेर अन्यौलमा परेका हु
न् ।
राज्यले भुकम्पबाट पुर्णरुपमा बिस्थापित भनी साबिकका स्थानमा आबास पुननिर्माण गर्न रोक लगाएर अन्य सुरक्षित स्थानको ब्यबस्था नमिलाँउदा पिडितहरु अहिले पनि जोखिम मोलेरै बस्न बाध्य भएका छन् । राज्यका निकायले बैकल्पीक ब्यबस्था नमिलाँउदा आफुहरु अहिले पनि पहिरोको डरले अनिदै रात कटाउन बाध्य भएको मोलुङ गाँउपालिका वडा नं ३ केराबारीका बिस्थापित परिवारहरुले दुखेसो पोखेका छन् ।

घर माथिबाट दैनिकजसो खसिरहने पहिरोले कतिखेर पुरिने हो भन्ने, त्रासमै भुकम्पपिडितहरु जस्ताको टहरामै रात कटाउन बाध्य भएको केराबारीका स्थानीय निर्मला सुनुवारले गुनासो गर्नुभयो । उहाँजस्तै जिल्लाको १० वटा वडाका १३ वटा बस्तीका भुकम्पपिडितहरु सुरक्षित आबासको खोजीमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *