बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय पन्तको दाहसंस्कार गरियो, बलात्कारीलाई होला त फासी ?

महेन्द्रनगर, साउन १४ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको सोमबार दाहसंस्कार गरिएको छ ।

आइतबार राति जिल्ला प्रहरी कार्यालयमा मृतकका परिवार र आफन्तले गरेको सहमतिअनुसार उनको हत्या भएको पाँचदिनपछि सोमबार दाहसंस्कार गरिएको हो ।

बालिका पन्तको केही दिनअघि बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा शव फेला परेको थियो ।

स्थानीय प्रशासनले घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने आश्वासन दिएपछि स्थानीयले शव उठाउन दिएका हुन् ।

सोमबार बिहान महाकाली आर्यघाटमा बुवा यज्ञराज पन्तले निर्मलालाई दागबत्ती दिएका हुन् । उक्त घटनालाई लिएर कञ्चनपुरमा विरोध प्रदर्शन भएको थियो भने संसदमा बलात्कारीलाई फासीको माग गरिएको थियो ।

आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताएकी थिइन् ।

कञ्चनपुरको घटनाको प्रसंग उठाउँदै रेग्मीले ७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेको र कानुन संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड सम्मको कारबाही हुनुपर्ने माग गरेकी थिईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *