सल्यानका १० वटा स्थानिय तहमा १ सय ८१ कर्मचारीहरु खटिए

सल्यान, साउन ९ । सल्यानका १० वटा स्थानिय तहमा कर्मचारी खटाईएको छ । बैशाख ३१ गते सम्पन्न भएको स्थानिय निबार्चन बाट स्थानिय तहमा जन प्रतिनिधिहरु आईसकेपछि जिल्लाका १० वटै स्थानीय तहमा १ सय ८१ जना कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले जिल्लाको विभिन्न सरकारी कार्यालय बाट स्थानीय तह अन्र्तगत नगरपालीका तथा गाउँपालीकामा कर्मचारी खटाएको हो । कार्यालयका अनुसार र जिल्ला कृषि विकास कार्यालय बाट ४४ जना, जिल्ला समन्वयन समिति बाट ३७ जना, पशुसेवा कार्यलय बाट ३७ जना, जिल्ला शिक्षा कार्यलय बाट २५ जना, महिला तथा बालबालिका कार्यालय बाट १२ जना खटाईएको छ ।

त्यसैगरी जिल्ला प्राबिधिक कार्यलयबाट ६ जना, जिल्ला बन कार्यालयबाट ६ जना, खानेपानि तथा सरसफाई डिभिजन कार्यलय बाट ५ जना, जिल्ला आर्यूबेदिक स्वास्थ्य केन्द्र बाट ४, जिल्ला युबा समितिको कार्यलय बाट ३ र जिल्ला भुसंरक्षण कार्यलयबाट २ जना गरी १ सय ८१ जना कर्र्मचारी स्थानीय तहमा पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *