नेपाली क्रिकेटको विकासमा सहकार्यका लागि एमसीसीले लेगेसी टुर गर्ने

काठमाडौँ, साउन १४ । बेलायतको मेरिलोबोन क्रिकेट क्लब (एमसीसी) ले विदेशी टुर प्रोग्राम अन्तर्गत लेगेसी टुर सिरिज गर्ने भएको छ ।

नेपाली क्रिकेटको विकासमा सहकार्यताका लागि एमसीसीले लिगेसी टुर गर्ने भएको हो । एमसीसीले क्रिकेटको दिगो विकास र अर्थपूर्ण प्रभाव छाड्ने उदेश्य लिएको उक्त विदेशी टूर नेपालबाट सुरु हुने विज्ञप्तिमार्फत् जनाएको हो ।

एमसीसीले आफ्नो फाउन्डेसनअन्तर्गत नेपाली क्रिकेटको विकासका लागि लिगेसी टुरको सुरुवातमा नेपाललाई रोजेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यसअघि एमसीसीले २०१५ मा नेपालको भम्रण गरेको थियो । नेपालसँग राम्रो क्रिकेट खेल्ने क्षमता भएको तर भौतिक संरचनाको अभाव रहेकाले आफूहरुले च्यारेटेबल उदेश्य अनुरुप सहयोग गर्न लागेको एमसीसीले उल्लेख गरेको छ ।

एमसीसी फाउन्डेशनले आर्थिक संकलन गर्दै क्लबको टूरका बेला नेपाली क्रिकेटको विकासमा फाइदा पुग्ने कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

एमसीसीका सहायक सचिव जोन स्टिफिन्सनले एमसीसीको पहिलो लिगेसी टूर नेपालबाट सुरुवात गर्न पाउँदा खुशी लागेको बताए । नेपालले लण्डनमा त्रिकोणात्मक श्रृखंला खेलेको उल्लेख गर्दै उनले नेपाललाई सहयोग गर्ने यो राम्रो मौका भएको बताएको छ ।

एमसीसी फाउन्डेशनका निर्देशन अबि कार्टिरले नेपालको मैदानभित्र र बाहिरको फाइदाजनक विकासमा आफ्नो टूर केन्द्रीत हुने जनाएका छन्।

उक्त टूरको घोषणापछि कप्तान पारस खड्काले नेपालमा क्रिकेट निकै लोकप्रिय भएको बताउँदै अबको समय भौतिक संरचनाहरुको विकासमा ध्यान पुर्याउनु आवश्यक रहेको बताएका छन्।

“”म एसीसीले लिगेसी टूरको सुरुवातका लागि नेपाललाई छनौट गरेकोमा निकै खुशी छु,”” पारसले भने, “”मलाई आशा छ यस टूरले नेपाली क्रिकेटको दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।””

एमसीसी फाउन्डेशन एमसीसीको च्यारिटी संस्था हो। एमसीसीले विभिन्न सामुदायिक कार्यक्रमकहरु गर्दै आएको छ। बेलायतमा एमसीसी फाउन्डेशनले ५१ वटा क्रिकेटका हब सञ्चालन गरेको छ। जहाँ २ हजार बालबालिकालाई उच्चस्तरिय क्रिकेट प्रशिक्षण उपलब्ध गराउने गर्दछ। यस्तै रुवान्डा, अफगानिस्तान र श्रीलंकामा पनि एमसीसीले यसकिसिमका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *