राज्यमन्त्रीकै अगाडि राजपा कार्यकर्ताबीच झडप, पाँच जना घाइते

महोत्तरी, साउन १४ । महोत्तरीको पिपरा गाउँपालिकाको गाउँपरिषदमा राज्यमन्त्रीकै अगाडी राजपा कार्यकर्ताबीच झडप भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले विकासका योजनामा एकलौटी गरेको भन्दै उनकै पार्टीका कार्यकर्ताहरुले गरेको विरोधमा झडप हुँदा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेयसहित पाँच जना घाइते भएका छन् ।

परिषदमा प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो ।

पार्टीको विरोध हुँदाहुँदै पार्टीसँग छलफल नै नगरी गाउँ परिषद गरेको भन्दै परिषदस्थलमा राजपाका केही कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपछि झडप भएको हो ।

आफूहरुले परिषदको विरोध गरेपछि अध्यक्ष चौधरीले आफ्ना मान्छे र प्रहरी लगाई कुटपिट गरेको राजपाका गाउँ इकाइ कमिटी अध्यक्ष पाण्डेयको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *