नेपाल र नेदरल्याण्ड्सलाई संयुक्त ट्रफी

काठमाडौँ, साउन १४ । इंग्ल्यान्डको लर्डसमा जारी नेपाल र नेदरल्याण्डबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा एमसीसी टी–२० ट्रयाङ्गुलर सिरिजको ट्रफी नेपाल र नेदरल्याण्सले संयुक्त पाएका छन् ।

टी–२० इन्टरनेशनल मान्यता समेत पाएको यी दुई बीचको अन्तिम खेल वर्षाका कारण रद्ध भएपछि दुवैले ट्रफी बाँडेका हुन् ।

त्यसअघि लड्र्समा ६–६ ओभरमा घटाइएको खेलमा दुवैले एमसीसीलाई पराजित गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १६.४ ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाउँदा पानी परेकाले त्यसपछि खेल सुरु हुन नसक्दा रद्ध भएको हो ।

क्रिकेटको मक्का मानिने लर्डसमा नेपालविरुद्ध नेदरल्याण्डले ब्याटिङ गरिरहदा पटक पटक वर्षा भएपछि खेल रद्द गरिएको थियो । दुई पटक वर्षाको कारण रोकिएको खेल पुन तेस्रो पटक रोकिएपछि खेल नतिजाबिहिन बनेको थियो । खेल रद्द भएसंगै सिरिजको उपाधि नेपाल र नेदरल्याण्डले संयुक्त पाएको हो ।

त्यसअघि उसका वेस्ले बारेसी ४४ र रायन टेन डेसचाटे ३७ रन बनाएर पेभेलियन फर्किएका थिए । बलिङमा नेपालको लागी सोमपाल कामी, करण केसी र बसन्त रेग्मीले एक एक विकेट लिएका थिए ।

मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) को आमन्त्रणमा नेपाल नेदरल्याण्ड सम्मलित त्रिकोणात्मक सिरिजको लागि इंग्ल्यान्ड गएको थियो । तर, अचानक मौषम खराब हुँदा सिरिज नै प्रभावित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *