गिजाबाट रगत आउने समस्या छ ? यस्ता छन् घरेलु उपचार

के तपाईलाई दाँत वा गिजाबाट रगत आउने समस्या छ ? साधरणतया यस्ता समस्यालाई गाउँघरतिर सुल वा हर्षा भनेर चिनिन्छ । गिजाबाट रगत आउनु सामान्य अवस्था नभई मुख, गिजा वा दाँतमा भएको फोहोर, शारीरिक रोग र केही औषधिको नकारात्मक असर पनि हुन सक्छ ।

१. ल्वाङको तेलमा कपास भिजाएर दुखेको ठाउँमा रखेमा अस्थायी रूपमा दुखाइ कम हुन्छ ।

२. आधा चम्चा धुलो नुन र आध चम्चा मरिचको धुलो मिलाएर औँलाको सहराले दाँत मझ्नाले दाँत वा गिजाबाट रगत आउन बन्द हुन्छ ।

३. बेसारको धुलोमा थोरै नुन रखेर त्येसमा तोरीको तेल हल्ने अनि औँलाले हल्का तरिकाले दिनको दुईचोटि गिजा वा दाँतमा मसाज गर्नाले गिजा पक्ने वा दाँतबाट रगत आउने समस्याबाट मुक्ति मिल्दछ ।

४. कागतीको बोक्रा सुकाएर त्येसमा अलिकति नुन रखी पिँधेको धुलोले दाँत माझ्नाले दाँतबाट रगत आउदैँन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *