श्रीपेच प्रर्दशनीको मिति सरेको सर्यै

काठमाडौँ, साउन १४ । श्रीपेच प्रदर्शनीमा राख्ने अन्तिम तयारी गरेको नारायणहिटी विकास समितिले इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गर्र्ने प्रकृया थालनी शुरु गरेको छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले सुरक्षा प्रणाली मर्मत संहार गर्न टेण्डर आब्हान गरेको छ ।

२०६९ सालमा करिब १ करोड ५० लाख रुपियामा जडान गरिएको सिसिटिभी लगायतका सुुरक्षा यन्त्रमा खराबी देखिएपछि त्यसलाई मर्मत गर्न टेण्डर आब्हान गरिएको हो ।

समितिले शनिबार २८ लाख ७५ हजार रुपिया बराबरको सुरक्षा प्रणाली मर्मत गर्न टेण्डर आब्हान गरेको हो ।

सकभर असोज नभए कातिक मसान्तभित्र श्रीपेच लगायतका सामाग्री राख्न मिल्नेगरी सुरक्षा यन्त्रहरु मर्मत गर्न लागिएको हो–समितिका संयोजक दाहालले भने ।

सुरक्षा प्रणाली मजबुत भएपछि श्रीपेच राख्ने प्रकृया अघि बढाइने भएको छ ।

नेपाली सेनाको कडा सुरक्षाभित्र श्रीपेच सहित राजदण्ड, दुई वटा मेस, ढाल, तरवार, रानीले लगाउने मुकुट ९टायरा०, एउटा झारी, र दुई वटा चमर राख्न मिल्नेगरी बुलेटप्रुफ सोकेश तयारी भैसकेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले तीन महिना भित्र श्रीपेच प्रदर्शनीमा राख्ने योजना बनाएपछि समिति तातेको हो । लामो समयपछि सुरक्षा प्रणाली अवलोकन गर्दा बिग्रीएको फेला परेपछि पुन मर्मत गर्न टेण्डर आब्हान गरिएको संयोजक दाहालले बताए ।

समितिका सदस्य एवं संग्रहालयका पूर्व प्रमुख रोहित ढुंगानाले शोकेश र दर्शकले अवलोकन गर्ने स्थलको सुरक्षा प्रणाली सुदृढ गर्न लागिएको जानकारी दिनुभयो । ५ वर्ष अघि तयार गरेको सुरक्षा प्रणालीले काम गर्न छाडेको र ती डिभाईस निर्माण गर्न समितिले टेण्डर गरेको हो । श्रीपेच लगायत सामाग्री राख्ने स्थान वरपर २६ वटा सीसीटिभी जडान गरिएको थियो । ती मध्य करिब १० वटा बिग्रिसकेको छ ।

नया सिसिटिभी राख्न र नेपाली सेना, नेपाल प्रहरी र नारायणहिटी संग्रहालयको प्रशासन कक्षमा अत्याधुनिक सुरक्षा प्रणाली जडान गर्न टेण्डर आब्हान गरेको ढुंगानाको भनाई थियो । तीनै निकायले श्रीपेचको सुरक्षा अवस्थाबारे २४ घण्टै अवलोकन गर्ने छ ।

अत्याधुनिक सुरक्षा प्रणाली अन्तर्गत अधिकांश गतिविधि नियन्त्रण गर्न रिमोट कन्ट्रोलको व्यवस्था हुने छ । यदी कसैले सुरक्षा संवेदनशितलता वेगर मनपरी गर्न खोजे त्यसलाई नियन्त्रण गर्न अर्लाम सिष्टम जडान गर्ने तयारी गरेको छ ।

विदेशमा जस्तै अत्याधुनिक सुरक्षा प्रणाली जडान गर्ने योजना सहित टेण्डर आब्हान गरिएको संयोजक दाहालको भनाई छ ।

समितिले करिब ४५ लाख रुपिया बराबरको सुरक्षा तयारी गरेको छ । २०७१ सालपछि श्रीपेचको अवस्थाबारे कुनै जानकारी दिइएको छैन । हाल श्रीपेच सेनाको कडा सुरक्षा घेराभित्र स्टिलको दराजभित्र राखिएको छ ।

अब समितिले नेपाली सेनासंग छलफल गरेर सर्वसाधारणको प्रदर्शनीका लागि श्रीपेच राखिने भएको छ । पुर्वराजा ज्ञानेन्द्रले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि श्रीपेच लगाय महत्वपुर्ण सामाग्री कडा सुरक्षा घेराभित्र राखिएको थियो ।

ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नु अघि हाम्रा पिता पुर्खाको विरासतको रुपमा रहेको श्रीपेचलाई सदाको लागि जोगाएर राख्न देशवासीको नाममा अनुरोध गरेका थिए । तर नारायणहिटी दरवार छाडेको एक दशक बितिसक्दा पनि सरकारले श्रीपेच प्रदर्शनीमा राख्न सकेको छैन ।

शोकेस तयार भए लगत्तै नेपाली सेनाले बुलेटप्रुफ सिसा परीक्षण समेत गरिसकेको अवस्थामा सुरक्षाको कारण देखाउदै श्रीपेच देखाउन नसक्नु सरकारकै कमजोरी हो । ल्याटिन अमेरिकाको एक दुर्लभ चराको प्वाखको कल्कीबाट बनेको श्रीपेचमा सुन, चाँदी, हिरा,मोती, पन्ना जडित दुर्लभ र बहुमल्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *