हराएको ३० वर्षपछि पितृ संस्कार !

काठमाडौँ, साउन १४ । सुन्दा अचम्म लाग्ला, हराएको ३० वर्षपछि दाहसंस्कारसँगै काजकिरिया गरियो भन्दा ।

तर सत्य हो ताप्लेजुङको फुङ्लिङ–८ तिनधारेका घिमिरे परिवारले भर्खरैमात्र विधि पुर्याएर पितृ संस्कार गरेका छन् ।

गत आइतबार १३ दिनको काम सकिएको हो । १ श्रीमती, ४ छोरा र २ छोरीले धान्यप्रसादको मृत्यु संस्कार सकाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

‘जसरी अरु संस्कार गरिन्छ त्यस्तै नै भयो, कुशको शव बनाएर खोलामा लग्यौं’, छोरी चण्डिकाले भनिन्– ‘बुबाको सम्झना नै हराइसकेको छ, कस्तो हुनुहुन्थ्यो बिर्सिसक्यौं ।’ चण्डिकाभन्दा सानी १ बहिनी र ३ भाइ छन् ।

कृषि सामग्री संस्थान ताप्लेजुङमा कार्यरत उनी बढुवा भएपछि चाँगे गाउँ विकास समितिमा जागिर खान गएका थिए ।

नयाँ कार्यालयमा केही दिन काम गरेर फर्कने क्रममा उनी नाङ्गेमा एकजना प्याकुरेल थरका आफन्तकोमा १ रात बसेका थिए । पुरानो कार्यालयको काम बाँकी छ भन्दै तमोर पारि जाने भनेका उनी अहिलेसम्म भेटिएका छैनन् । जेठा छोरा गंगाप्रसाद घिमिरे बुबा हराएपछि धेरै दिन खोज्दा पनि नभेटिएको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *