रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा

“
काठमाडाैँ, साउन १३ । स्वर्गीय नेता रामहरी जोशीको पुस्तक “प्रतिकात्मक प्रश्न” बजारमा आएको छ ।
त्रिविका पुर्व उपकुलपति डक्टर केदारभक्त माथेमाले राधानीमा भएको एक विशेष समारोहमा पुस्तकको लोकापर्ण गरेका छन् । लोकार्पण गर्दै माथेमाले रामहरी जोशीको अरु पुस्तक भन्दा यो पुस्तक विलकुल भिन्न भएको बताए ।
राजनीतिमा लामो समय बिताएको एक नेताले प्रेम विवाह र यौन बारे आफ्नो धारणा राखेको पुस्तकले रामहरी जोशीको नखुलेको पाटो यसमा आएको बताए ।
पुस्तकमा समिक्षा गर्दै साहित्यकार डाक्टर राम दयाल राकेशले प्रतिकात्मक प्रश्नले मान्छेको जीवनमा भएको प्रश्नको केही उत्तर दिएको र केही प्रश्न जन्माएको बताए ।
उनले यो पुस्तक नेता तथा साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाको मोदी आईन नजिक रहेको बताए । रामहरी जोशीको आफनो जीवनमा परेको प्रेम राधाको बिषयमा खुलेर आएको उनले बताए ।
रामहरी जोशीले किन विवाह गरेनन् भनेर प्रश्न सोध्नेहरुलाई प्रतिकात्मक प्रश्नले उत्तर दिएको उनले बताए ।
रामहरी जोशीका चेला बद्री मास्केले रामहरी जोशीले आफुलाई सर्लाहीको पब्लिक स्कुलमा पढाएकोले उनको नैतिकता आदर्शप्रति आफुहरु प्रभावित भएको भए पनि केही नयाँ कुरा यहि पुस्तक मार्फत थाहा पाएको बताए ।
अर्का वक्ता नुतन थपलियाले रामहरी जोशीको राजनैतिक र साहित्यिक पाटोको चर्चा गरेका थिए ।
कार्यक्रममा लेखक तथा प्रकाशक कमल ढकालले यो पुस्तक राजनीतिक कन्फेशनको रुपमा लेख्न खोजिएको बताउदै भने “रामहरी जोशीले माने पनि कालले मानेन कन्फेशन लेख्न खोजिएको भए पनि उनले प्रेम विवाह यौनमा आफ्ना नीजि कुरा राखेकोले यो रोचक हुन सक्छ भन्ने लागेर छापिएको हो ।”
ठीक एक बर्षअघि असार २९ गते रामहरी जोशीको ९२ बर्षको उमेरमा निधन भएको थियो । त्यहि पुन्य तिथिमा उनको पुस्तक प्रकाशन गर्नुका साथै बद्री मास्केको अध्यक्षतामा रामहरी जोशी प्रतिष्ठान पनि घोषणा गरिएको थियो ।
“








