अस्पतालमा झार पलायो, स्थानीय सरकारले चासो दिएन

सुनसरी, साउन १३ । सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नम्बर ६ स्थित लुनकरण दास गङगादेबी च्यारिटी अस्पताल बिगत लामो समयदेखि जीर्ण अवस्थामा बन्द छ ।

सन १९९५ मा उधोगपती वसन्त चौधरीले आफ्ना मातापिताको नाममा स्थापना गरेको उक्त अस्पताल तत्कालिन गाउँ बिकास समितीले जग्गा उपलब्ध गराएपछि भवन निर्माण भई सञ्चालनमा आएको थियो ।

चौधरीले व्यक्तिगत लगानीमा भवन र अस्पताल सञ्चालनका लागि चाहिने केही उपकरणहरुको व्यवस्था गरी केही समयसम्म सञ्चालन गरेका भएपनि तत्कालीन माओवादी द्वन्दका कारण अस्पताल बन्द भएको थियो ।

‘शान्ती प्रक्रिया पछि मुलुकमा गणतन्त्र स्थापना ,संविधान निर्माण लगाएतका काम पूरा गर्दै अहिले गाउँ गाउँमा सिंहदरबार समेत आइसकेको अवस्थामा पनि यो अस्पताललाई हेर्ने नत स्थानिय सिंहदरबार रहयो , न त केन्द्रीय सरकार नै । चौधरीसंग उक्त अस्पताल सञ्चालन गर्ने आर्थिक अभाव पनि भएको नहुन सक्छ तर उक्त अस्पताल नीजि मुनाफामुखी नभै च्यारिटी कोष मार्फत सन्चालित भएको हुँदा राज्यको पनि केही दायित्व हुनु पर्ने हो ।’ स्थानीय अर्जुनकुमार खड्काले भने ।

नगरपालिका आसपासका लगभग १५ देखि २०हजार परिवारलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने यो अस्पताललाई सञ्चालन गर्न विगतमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान घोपा र चौधरीले सहकार्य गरेका उनले जानकारी दिए ।

उक्त समझदारी गरेपछि केही समय सञ्चालन भएपनि प्रतिष्ठानले आफ्नै शाखाका रुपमा विस्तार गर्ने एकलौटी चलाउने भनेपछि पुनः बन्द भएको थियो ।

नगरपालिकाका मेयर बेद गच्छदारले समेत उक्त अस्पताल सञ्चालनका लागि केही पहल गरेको भएतापनि उपलब्धीमुलक नरहेको बताए ।

दुहबी नगरपालिकामा च्याउजस्तै उम्रीएका मेडिकल क्लिनिकहरु थुप्रै छन तर स्तरीय अस्पताल नभएकोले बिरामीहरु उपचार गर्न विराटनगर र धरान नै धाउनुपर्ने बाध्यता स्थानीय बिरामीहरुलाई परेको छ ।

सानो आर्थिक अवस्था हुने र खासै आय–आम्दानी नभएकाहरुको बस्ती रहेको दुहबी नगरपालिकामा यो अस्पताल सञ्चालन गरि स्तरीय उपचार हुने व्यवस्था गरिदिए धेरै लाभान्वित रहने छन । दुहबी बजारको मुटुमा रहेको उक्त अस्पतालको जग्गा नगरपालिकाको नाममा रहेको छ तर यसले न त स्थानियलाई फाइदा पुर्याएको छ नत नगरपालिका लाई नै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *