आईडीपी रोक्न शैक्षिक परामर्श क्षेत्रका ५ संघ एकजुट

काठमाडौं, साउन १३ । नेपालमा अंग्रेजी भाषा परीक्षण विधी (आईईएलटीएस)को परीक्षा लिँदै आएको आईडीपीलाई रोक्न शैक्षिक परामर्श क्षेत्रका विभिन्न ५ वटा संस्था एकजुट भएका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श क्षेत्रमा वैदेशिक लगानी स्वीकार्य नभएको विषयलाई जोडदार रुपमा उठाउँदै सरकारले आईडीपीलाई स्वीकृति दिन नहुने सरोकारवालाहरुले तर्क गरेका छन् ।

आईडीपी नेपालमा आउनु हुँदैन भन्नेमा शैक्षिक परामर्श क्षेत्रमा कार्यरत संघहरु इक्यान, फेकन, आइरिन, जालसान र नायर छन् ।

कार्यालय स्थापना भइ काम सुरु गरिसकेको आईडीपीले अहिले सम्पूर्ण प्रक्रिया पूरा गरेर शिक्षामन्त्रालयबाट अन्तिम स्वीकृतिको पखाईमा रहेको छ । नेपालमा आईईएलटीएस आईडीपी बाहेक बिट्रिस काउन्सिलले पनि लिँदै आएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले शैक्षिक परामर्श क्षेत्र आफैमा सक्षम भएकाले बैदेशिक लगानी आउन नहुने बताए । उनले भने, “हाइड्रो, रेल तथा विकास निर्माणका अन्य काममा जस्तो बैदेशिक लगानी स्वास्थ्य र शिक्षामा आवश्यक छैन ।”

शैक्षिक परामर्श क्षेत्रमा बैदेशिक लगानी हुनुहुँदैन भन्ने तर्कका आधारमा आईडीपीको विरोध गर्दैगर्दा विदेशी कम्पनीका ‘फ्रेञ्चाइजी’का नाममा खुलेका कन्सलटेन्सीहरु पनि भविष्यमा बन्द गर्नका लागि आफूहरुले पहल गर्नेतर्फ संकेत संघहरुले गरेका छन् ।

विश्वविद्यालयले सोझै यहाँका कन्सलटेन्सीलाई सम्बन्धन नदिने भएकाले ‘फ्रेन्चाईजी’ चलाउनु आफ्नो बाध्यता भएको उनीहरुको तर्क छ ।

पछिल्लो समयमा आईडीपीले भाषा परीक्षणसँगै ‘स्टुडेन्ट प्लेसमेन्ट सर्भिस’ समेत प्रदान गर्ने गरी कार्यालय स्थापना गर्ने तयारी भएपछि कन्सलटेन्सी क्षेत्रमा यस विषयले तहल्का मच्चाएको छ ।

आईडीपीले एजुकेशन कन्सलटेन्सी सरह नै काम गर्दा अहिले कन्सलटेन्सीहरुले कमाइरहेको ठूलो हिस्सा आईडीपीमा जान्छ र व्यापार कम हुन्छ भन्ने डर व्यवसायीहरुमा देखिएको छ ।

आईडीपी आउनु नहुने भन्दै ५ वटा संघ मिलेर अगाडि सारेका ६ वटा तर्कहरु यस्ता छन् :

१) यो क्षेत्रमा लगानी कम छ, तर विदेशीने विद्यार्थीहरु धेरै छन् । यसरी धेरै विद्यार्थी जाँदा कमसिन पनि धेरै आउँछ । अहिले बैंकिङ प्रणाली मार्फत आइरहेको कमिसनबाट राज्यलाई पुग्ने कमिसन आउँदैन । किनभने आईडीपीबाट विद्यार्थी जाँदा कमिसन उतै रोकिन्छ ।

२) आईडीपी जस्तो ठूलो कम्पनीको प्रवेशले साना व्यवसायी बन्द हुनेछन । अहिले पाइराखेको रोजगारी गुम्नेछ ।

३) आईडीपी जस्ता कम्पनीले काम गर्दा विद्यार्थीको तथ्यांक लिकेज हुन्छ । जसका कारणले विद्यार्थी आईडीपीमार्फत नै विदेश जान्छन । अन्य व्यवसायीका कम्पनीबाट जाँदैनन् ।

४) यस अगाडि पहिले आईडीपी चोरीको बाटो आएको थियो । र अहिले फेरि आउन खोज्नु नेपाली बजारलाई ध्वस्त बनाउन खोज्दैछ ।

५) राजनीतिक नेक्सस बनाएर आईडीपी नेपालमा सञ्चालन गर्न लागिपरेको छ ।

६) आईडीपी आयो भने अन्य कम्पनीहरु पनि आउन खुट्टा उचालेर बसेका छन् । थोरै लगानीमा धेरे पैसा विदेशीने सम्भावना बढी छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =