अखिल नेपाल पेट्रोलियम मजदुर संघमा न्यौपाने नियुक्त

काठमाडौँ, साउन १३ । अखिल नेपाल पेट्रोलियम मजदुर संघको प्रदेश नं.३ को समितिको अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन् ।

काठमाडौँमा सम्पन्न मजदुर संघको भेलाले न्यौपानेलाई अध्यक्षमा नियुक्त गरेको हो । न्यौपानेको अध्यक्षतामा जम्मा १५ जनाको कार्यदल गठन भएको हो ।

त्यसैगरी संघको उपाध्यक्षमा सनद श्रेष्ठ र राजकुमार महर्जन नियुक्त भएका छन् भने सचिवमा जगत श्रेष्ठ नियुक्त भएका छन् ।

भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष एवम् पेट्रोलियम संघका अध्यक्ष शिव पोख्रेलले श्रम मन्त्रालयले निर्धारण गरेको न्यूनतम पारिश्रमिकलाई कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

साथै संचयकोष, दुर्घटना बिमा, औषधोपचार खर्च समेतको सुविधा दिन समेत ध्यानाकर्षण गराए ।

लक्ष्मण न्यौपानेको सभापतित्वमा सम्पन्न भेलालाइ संघका केन्द्रीय उपाध्यक्ष दुर्गा कडेल, सचिव सनद श्रेष्ठ, राजकुमार महर्जन लगायत काठमाडौँ ,भक्तपुर, ललितपुर, काभ्रे, चितवन जिल्ला अध्यक्षहरूले सम्वोधन गर्दै आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *