विन्ध्यवासिनी हाइड्रोपावरले गर्यो सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त

“
काठमाडाैँ, साउन १३ । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५,००,०००(पच्चीस लाख) कित्ता साधारण शेयर स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री मनिषनारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक श्री भरत वहादुर पाण्डेले सम्झौताप त्रमा हस्ताक्षर गरेका छन् ।
यस कम्पनीले स्थानीयवासीको लागि १०,००,०००(दश लाख) कित्ता र सर्वसाधारणको लागी १५,००,००० (पन्ध्र लाख) कित्ता गरि जम्मा २५,००,००० कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।
यस सम्बन्धी थप जानकारीका लागी सानिमा क्यापिटल लिमिटेडका मर्चेण्ट बैंकिङ्ग प्रमुख रश्मी रिजाल ४४२८९५६ Ext.:112 मा सम्पर्क गर्न सकिनेछ ।
“








