एन आई सी एशिया बैंक र युनाईटेड ईन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ,साउन १३ । एन आई सी एशिया बैंक लिमिटेडले युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत श्री रमेश कुमार भट्टराईद्धारा हस्ताक्षर गरिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचनाअधिकारी) सुधिर नाथ पाण्डेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३३ शाखा कार्यालयहरु, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. ११९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *