बहुमतले पारित भयो चिकित्सा शिक्षा विधेयकमाथिको संशोधन !

काठमाडौँ, साउन १३ । चिकित्सा शिक्षाको विधेयकमाथिको संशोधन बहुमतले पारित भएको छ । आइतबारको संसद बैठकबाट संशोधन प्रस्ताव बहुमतले पारित भएको हो ।

शिक्षा, विज्ञान, प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक संशोधनबारे सदनलाई जानकारी गराएपछि चिकित्सा शिक्षा विधेयकमा डा.गोविन्द केसीका माग समेट्नेगरी सरकारले राखेको संशोधन प्रस्ताव संसदले अनुमोदन गरेको हो । संशोधन प्रस्तावमाथिको छलफलमा ११ जना सांसद सहभागी भएका थिए ।

छलफलमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पोखरेलले उठेका विषयमध्ये कतिपय संशोधनको प्रक्रियामा रहेर समावेश गर्न सकिने बताए ।

उनले भने, ‘बोलीचालीमा चिकित्सा शिक्षा विधेयक भनिए पनि यसले स्वास्थ्य सेवाका विभिन्न विधालाई समेट्छ । हामी संशोधनको प्रक्रियामा जाँदा बुँदागत छलफल गर्नेछौँ ।’

नियमनको एकद्वार प्रणाली स्थापना गरेर यसलाई समाधान गरिने बताउँदै मन्त्री पाखेरेलले स्वास्थ्य शिक्षामा देखापरेका विकृति र विसंगति रोक्न गुणमा आधारित शिक्षाबाट मात्र सम्भव हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *