किसानलाई उपेक्षित गरेर नेपाल सम्बृद्ध बन्न सक्दैन– नेता त्रिपाठी

नवलपरासी, साउन १३ । नवलपरासी पश्चिम प्रतिनिधिसभा १ का सदस्य तथा पूर्व मन्त्री हृदयेश त्रिपाठीले ८२ प्रतिशत किसानलाई उपेक्षित गरेर १८ प्रतिशतमा सम्बृद्धिको नारा लगाएर देश कहिले पनि सम्बृद्ध बन्न नसक्ने बताएका छन् ।

सरकार नारामा मात्रै सिमित रहेको उनको दावी छ । उखु किसानले आफ्नो खेतमा लगाएको उखु बाली चिनिमिलमा पुर्याएको पन्ध्र दिन भित्र भुक्तानी पाउनुपर्नेमा चिनिमिलले एघार महिना बितिसक्दा पनि किसानलाई भुक्तानी नदिएको मकालु खबरसंगको कुराकानीमा त्रिपाठीले बताए ।

चिनिमा लाग्ने ९० प्रतिशतको कर सरकारले छुट दिइसक्दा पनि मिलले भुक्तानी दिन अटेर गरिरहेको उनको भनाइ छ । उनीहरुको माग अनुसार विदेशबाट आउने चिनिमा १५ प्रतिशत लाग्ने कर बढाएर ३० गरिएको त्रिपाठीले बताए ।

उनका अनुसार, देउवा सरकारको समयमा समर्थन मूल्य निर्धारण नगरे पनि वर्तमान सरकारले गत साल तोकेको मूल्य ५३१.३० बाट बढाएर ५३६.५६ समर्थन मूल्य निर्धारण गरेको छ । किसानहरुको लगभग ९ अरब भन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको छ र उखु मिलमा गिराएको एघार महिना सम्म भुक्तानि नपाउँदा किसानले बैँकबाट लिएको ऋण समयमा तिर्न सकेका छैनन् ।  बैँकहरुको ताकेताको कारण किसान आत्महत्या गर्न बाध्य हुन सक्छन् ।

चिनिमिलका मालिकहरुले अहिले सरकारबाट लिने सबै सुविधा लिइरहेका छन् । विदेशबाट आयात गर्ने चिनिमाथि समेत रोक लगाइएको छ । ‘विदेशमा चिनीको मूल्य वृद्धि हुँदा आयात रोकियो भने मूल्य बढी पाइन्छ ।’ उनले भने, ‘केही समयपछि विदेशमा चिनिको मूल्य घट्न थालेपछि बेच्न सकेनन्, पहिले बेचेनन् अहिले बेच्न सकेनन् ।’

“”मिल मालिकहरुले चिनि स्टक देखाएर बैँकबाट ठुलो धनराशिमा ऋण लिएका छन् । चिनि देखाएर बैँकबाट लिएका रकम आफ्नो अरु कारोबारमा लगाएका छन् तर किसानलाई दिनुपर्ने रकम दिएका छैनन् । किन कि किसान असहाय छन्, सहन बाध्य छन् “”  उनले भने   ।

किसानको रकम समयमा भुक्तानी गर्नका लागि एउटा स्थायी किसिमको मूल्य निर्धारण आयोग गठन गनुपर्ने त्रिपाठीको भनाइ छ ।

नवलपरासीमा मात्रै चिनी मिलले उखु किसानलाई ४५ करोड भुक्तानी दिन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *