क्यान्सर पिडित विकासलाई सहयोग

धरान, साउन १३ । क्यान्सर रोगद्वारा पीडित विकास राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । आर्थिक अवस्था कमजोर भएका उदयपुर कटारी निवासी राईलाई नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण  कार्यक्रममा रु.१ लाख तीन हजार ६५० रुपैयाँ रकम सहयोग प्रदान गरिएको हो ।

लामो समयदेखि धनकुटाको भेडेटारमा कुकको काम गर्दै आएका उनलाई केही महिना अघि मलद्वारमा क्यान्सर भएपछि उपचार गर्न पैसा नभएकाले उनका परिवारले सामाजिक सञ्जालमा ज्यान बचाउन सहयोगको लागि अपिल गरेका थिए ।

 सामाजिक सञ्जालको अपिल देखेर नेपाल तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष तथा नेपाली काँग्रेस बर्दियाका महासमिती सदस्य जन्मजय तिमिलसिनाले नेपाल दक्षिण कोरिया जनसम्पर्क समितिसँग पहल गरी रु.१,०१,५०० रकम संकलन गरी नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईलाई उपलब्ध गराएका हुन् ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सह–सचिव प्रेमकुमार राईले पनि रु. २,१५० सहयोग गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस धनकुटा क्षेत्र न. १ का क्षेत्रीय सभापती जितेन्द्र रुम्दालि, नेपाल आदिवासी जनजाति संघ, सुनसरी सभापति नन्दराज राई, नेपाल तरुण दलका केन्द्रिय पार्षद तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र न. १ का सह–सचिव प्रेमकुमार राई, नेपाल तरुण दल धनकुटा क्षेत्र न. २ का सभापती तिलक महत लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *