रसुवागढी नाकामा सवारी आवागमन ठप्प

रसुवा, साउन १३ । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा सवारी आवागमन ठप्प भएको छ । वर्षासँगै आएको बाढीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेस्थित घट्टेखोलामा रहेको पक्की पुलमा क्षति पु¥याएपछि साना तथा ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो ।

सवारी सञ्चालन गर्दा उच्च जोखिम भएकाले साना तथा ठूला सवारी सञ्चालनमा रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । सवारी आवतजावतमा रोक लगाएसँगै नेपाल तथा चीनतर्फ गरी करिब २ सयभन्दा बढी कन्टेनर रोकिएर बसेको रसुवागढी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =