आगामी भदौ १४ देखि काठमाडाैंमा हुने चौथो बिमस्टेक बैठकको तयारी तिव्र

काठमाडौं, साउन १३ । काठमाडाैंमा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनको तयारी सरकारले तीब्र पारेको छ ।

परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले वैठकमा भाग लिनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरूको उपस्थितिको सुनिश्चितता भइसकेको बताए । आसन्न बैठकका लागि संगठनको चिन्ह परिवर्तन गर्ने निर्णय अनुसार सदस्य राष्ट्रले तीन–तीनवटा चिन्हको ढाँचा तयार गरेर पठाएका छन् ।

विमस्टेकले यातायात र सञ्चार, पर्यटन, प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध, वातावरण र विपद् ब्यवस्थापन, ऊर्जा, जनस्वास्थ्य, कृषि, व्यापार र लगानी, प्रविधि, मत्स्य विकास, गरिबी निवारण, जनताबीचको सम्बन्ध, जलवायु परिवर्तन र सांस्कृतिक सहकार्यलाई प्राथमिकतामा राखेर छलफल गर्ने तयारी भएको छ । बैठक आगामी भदौ १४ र १५ गते काठमाडौँमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *