डढेलोका कारण क्यालिफोर्नियामा पाँच जनाको मृत्यु

काठमाडौं, साउन १३ । अमेरिकाको क्यालिफोर्नियास्थित उत्तरी क्षेत्रको जंगलमा फैलिएको डढेलोमा परेर दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई बालबालिका, एक महिला र दुई जना अग्नी नियन्त्रक रहेका छन् । डढेलोमा परेर १७ जना बेपत्ता भएका छन् । भीषण डढेलोका कारण हजारौं मानिस घरवार छाडेर हिँडेका छन् ।

आगलागीबाट पाँच सय घर ध्वस्त भएका छन् । डढेलोसँगै तीब्र गतिमा आएको हावाहुरीका कारण थप क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

गत सोमबार जंगल नजिक गुडिरहेको एउटा कारमा आगो लागेपछि जंगलमा डढेलो सल्किएको हो । आगो नियन्त्रणका लागि ३ हजार भन्दा बढी अग्नीनियन्त्रक खटिएका छन् ।

आगलागी हालसम्म ४० प्रतिशत मात्रै नियन्त्रणमा आएको जनाइएको छ । क्यालिफोर्नियामा यो डढेलो विगत १० वर्ष यता कै सबैभन्दा ठूलो मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *