यस्ता छन् अाजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय

काठमाडाैं, साउन १३ । संसारको सबभन्दा सुखी देश भनेर फिनल्यान्डलाई यस बर्ष राष्ट्रसंघीय दिगो बिकास समाधान सञ्जालले घोषणा गर्यो । सबभन्दा स्थिर, सबभन्दा स्वतन्त्र र सबभन्दा सुरक्षित देश भनेर त विभिन्न संस्थाले उसलाई किटान गर्दैै आएकै थिए ।

उत्तरी युरोपको त्यो देश जहाँ जनता प्रायः माईनस बीस डिग्री सेल्सियम तापक्रम झेल्छन्, कति ठाउँ त मुस्किलले घामको मुख देख्न पाउँछन् । जनता कसरी सुशी त ? बा खुसी ?, आजको कान्तिपुर दैनिकमा ‘अनशन सकियो, साँँच्चै ?’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

सरकारी संस्थानहरु निजी क्षेत्रका निम्ति समेत प्रेरक बन्न सक्नुपर्छ । तिनले दिने सेवा र सुविधानले समग्रमा सरकारको उदार अनुहारलाई प्रस्तुत गर्छ ।

निजी क्षेत्रसँग पनि प्रतिस्पर्धा गरिरहेका संस्थानको हकमा तिनले प्रतिस्पर्धात्मक मुल्य सर्वसाधारणलाई दिएर नाफा कमाएको रुपमा बुझनु सकिन्छ । सार्वजनिक संस्थानले प्रतिस्पर्धा गर्नुपरेको छैन भने आफ्नो सेवालाई तदनुकुल सुलभ बनाउन ध्यान दिनुपर्छ ।, आजको नागरिक दैनिकमा ‘निगमको नाफा’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

विगत लामो समयदेखि स्वदेशी उद्योग र उत्पादनको संरक्षण र प्रर्वद्धनका लागि आवाज उठ्दै आए पनि राज्यले उचित कानुनी व्यवस्था गर्न नसक्दा र भएका व्यवस्थाको पनि प्रभावकारी पालना हुन नसक्दा स्वदेशी उधोगहरु समस्यामा पर्दै आएका छन् । जतिसुकै नियम र कानुन्सम्मत ढंगले खरिद गरिएको बताउने गरिए पनि सरकारी नियकाहरुमा खपत हुने वस्तुमा कमिसनको खेल बर्षौदेखि जारी छ ।, आजकोकारोवारदैनिकमा ‘स्वदेशी उत्पादनलाई सहुलियतको खाँचो’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

राणाको पालासम्म हामीकहाँ कुनै सरकारी पदमा जान औपचारिक शिक्षाको यस्तो खुडकिलो पास गरेको भन्ने खोजी हुँदैनथ्यो । नागरिकता बनाउने चल पनि बसिसकेको थिएन । संसद्ले निर्णय गर्नुपुर्व प्रमाणपत्रका कारण पराजुलीको जस्तो परिणाम दीपक जोशीले ब्यहोर्नु नपरोस् भन्नेमा पुर्ण विश्वास हुनुपर्छ ।, आजको नयाँ पत्रिकामा प्रधानन्यायधीशको प्रमाणपत्र शिर्षकमा सम्पादकीय छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *