डलर, युरो पठाएर नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भईरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले डलर, युरो पठाएर नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भईरहेको बताएका छन् ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गलत माध्यमद्वारा नेपाल भित्रने पैसा रोक्नु पर्नेमा जोड दिदै यस्ताे बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने , “गलत उद्देश्यका साथ गलत च्यानलबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन” उनले भने “नेपाल भित्रने पैसा बैंक मार्फत र उद्देश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ ।”

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नुहने र गुणस्तरीयतालाई पनि ख्याल गर्नु पर्ने बताए । देश अहिले विकासको महाअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताए।

सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँया बाँया नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनु पर्ने प्रधानमन्त्री ओलीले बताए । “अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ” प्रधानमन्त्री ओलीले भने ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *