शुसिला साउदले ल्याइन ‘मादलुको तालमा’ गीत (भिडियाेसहित)

कैलाली, साउन १२ ।  कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नंं. १ बौनीया स्थायी घर रहेकी नव सर्जक शुसिला साउदको पहिलो तीज गीत मादलुको तालमा वजारमा आएको छ ।

रक्षा म्युजिक प्रा.लि मार्फत वजारमा आएको तीज गितमा शुसिला साउदलाई स्वरमा बिमल साउद क्षेत्रीले साथ दिएका छन् । आफ्नो बाल्यकाल अछाम जिल्ला विताएकी शुसीलाले आफ्नो सानै देखीको गीत संगीत प्रतिका रहरलाई पहिलो पल्ट तीजको मौका पारी बजारमा दर्शक श्रोता समक्ष ल्याएको जानकारी दिएकी छन् ।

गीतमा कमल सरगाको लय र शब्द रहेकाे छ । काठमाण्डौमा छायांकन गरीएको गीतको म्युजीक भिडीयोमा पछिल्लो समयका युवा पुस्ताका ढुकढुकी चर्चीत गायक एवम् मोडल चक्र बलले नृत्य गरेका छन् ।

जसमा चक्रलाई टिका जैशी र भगवती अधिकारीले नृत्यमा साथ दिएकी छन् । प्रकास खड्काले छायांकन गरेको गीतको बिक्रम चौहानको निर्देशन र पदम सुबेदीले सम्पादन गरेका छन् ।

यो तीज गीतको दृश्य निर्माण बि स्टार फिल्मसले गरेको हो । नव गायीका शुसीलाले आफ्नो यो पहिलो प्रयास रहेकाले यसलाई दर्शक श्रोताले माया गरिदिनेमा आफु विश्वस्त रहेको कुरा उल्लेख गर्दै आगामी दिनमा आफ्नो यस क्षेत्रमा निरन्तरता रहने बताएकी छिन् ।

https://youtu.be/nWwNa-6922Y”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *