३६ लाख घुससहित शहरी विकासका प्रमुख इन्जिनियर पक्राउ
२०७४ जेठ १५ गते

“
रुपन्देही, साउन १२ । भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इञ्जिनियर सुरेश ठाकुर ३६ लाख घुससहित पक्राउ परेका छन् ।
ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले शनिबार ३६ लाख घुससहित भैरहवाबाट पक्राउ गरेको हो । अख्तियारले ठाकुरकी श्रीमतीलाई पनि पक्राउ गरेको छ ।
घुस लिएको रकम घरमा लैजाँदै गर्दा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।
सडक निर्माणको बिल भुक्तानीका लागि इन्जिनियर ठाकुरले ठेकदारसँग मोटो रकम असुलेको सूचनाका आधारमा आयोगले उनलाई पक्राउ गरेको हो।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








