समाधान समाजले गर्योे विद्यार्थीलाई सम्मान

काठमाडौं, साउन १२ । समाधान (सोलुसन) समाज ललितपुरले २०७४ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण २१ जना विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ ।

आज ललितपुरको लगनखेलमा विशेष कार्यक्रमको आयोजना गरी समाजले देशका विभिन्न जिल्लाहरुवाट उत्कृष्ट अंक ल्याउने ती विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष साधुराम मर्हजनले सन्त निरंकारी मिसनसंग आवद्ध रहेका विद्यार्थीहरुको हौसलाका लागि कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । अध्यक्ष मर्हजनले सम्मानित विद्यार्थीहरुलाई औपचारिक अध्ययनसंगै समुन्नत, अनुशासीत र विभेदरहित समाज निमार्णमा योगदान गर्न आग्रह गरे ।

‘औपचारिक शिक्षाले मात्रै समाज र मानवीय विकासको पूर्ण ज्ञान हासिल गर्न सकिदैन’ अध्यक्ष महर्जनले भने, ‘मानवताको जगेर्ना एवं असल नागरिक बन्न आध्यात्मिक ज्ञानसमेत आवश्यक छ ।’

कार्यक्रमका प्रमुख अथिति महानगरिय प्रहरी प्रभाग लगनखेलका प्रतिनिधि सई दिपेन्द्रराज गिरीले किशोरावस्था सुनौलो भविष्य कोर्ने र कुलतमा फस्ने प्रारम्भिक अवस्था भएकोले सचेत भएर अगाडी बढ्न सम्मानित विद्यार्थीहरुलाई सुझाव दिए ।

उनले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै अध्ययनसंगै रचनात्मक कार्यमा लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रमका विशिष्ट अथिति पत्रकार टिकाराम सुनारले स्कूल, कलेजको नतिजाले मात्र आगामी यात्राको मापन गर्न नसकिने भन्दै सुन्दर भविष्य निर्माणका लागि लागनशीलता र सुमार्गमा हिँड्न जरुरी रहेको बताए ।

कार्यक्रममा समाधान समाज नेपालका अध्यक्ष राजन रेग्मी, पत्रकार राजेन्द्रविक्रम शाही, लक्ष्मी महर्जन, सन्तोष महर्जन, साजन महर्जनलगायतले विधार्थीहरुलाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =