डा. गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन गर्न दबाब

काठमाडौं, साउन १२ । डा. गोविन्द केसीसँग गरिएको सम्झौंता अक्षरश कार्यान्वयन गर्न सरकारलाई शनिबारबाट दबाब दिन सुरु गरिएको छ ।

नागरिक समाजका अगुवाहरुले डा. केसीको माग सम्बोधन हुनेगरी नौ बुँदे सम्झौता गरेकोमा धन्यवाद दिँदै अक्षरश कार्यान्वयन गर्न सरकारलाई दबाब दिन सुरु गरेका हुन् ।

शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएका उनीहरुले डा. केसीको माग सम्बोधन गर्न साथ दिने सबैप्रति आभार पनि व्यक्त गरेका छन् ।

अब सरकारले सो सम्झौतालाई अक्षरश पालना गर्ने विश्वास समेत आफूहरुले लिएको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।

उनीहरुले डा. केसीसँगको सम्झौता अनुसार कानुन निर्माणमा पनि ढिलाई नहुने विश्वास व्यक्त गरे ।

दबाब अभियानमा सहभागी भएकाहरुले ‘गोविन्द केसीसँग भएका सम्झौता अक्षरश पालना होस्’ भन्ने कामनासहितको प्ले कार्डसमेत प्रर्दशन गरेका थिए ।

सरकारले गत बिहीबार डा. केसीसँग नौ बुँदे सम्झौंता गरेपछि त्यसको सबै क्षेत्रबाट स्वागत गरिएको थियो ।

सरकारले सोही सम्झौता बमोजिम शुक्रबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *