महंगो रकम तिरेर रियल मड्रिडले हाजार्डलाई भित्र्याउदैं

काठमाडौं, साउन १२ । इंग्लिस क्लब चेल्सीले  बेल्जियन खेलाडी इडेन हाजार्डलाई विश्व कीर्तिमानी रकम २ सय मिलियन पाउण्डमा बेच्ने जनाएको छ । इडेन हाजार्डका लागि रियल मड्रिड पहिलो रोजाइृ भए पनि रियलले त्यति धेरै पैसा खर्च गरेर उनलाई भित्र्याउन भने आँट गरेको छैन । रोनाल्डोलाई बेचेपछि रियलले उनको विकल्पमा खेलाडी खोजिरहेको छ ।

चेल्सीका मुख्य प्रशिक्षक माउरीजिओ सारी हाजार्डलाई बेच्ने पक्षमा नभए पनि हाजार्ड भने नयाँ सम्झौता गर्ने पक्षमा छैनन् । चेल्सीसँगको सम्झौता अझै २ वर्ष बाँकी भए पनि प्रति हप्ता ३ लाख पाउण्ड पाउने नयाँ सम्झौता भने हाजार्डले गरेका छैनन् ।

चेल्सीले बेल्जियन गोलरक्षक थिबाउट कोट्वामाथि पनि आँखा लगाइरहेको छ । त्यस्तै युभेन्टसका डिफेन्डर ड्यानियल रुगानी र मातियो क्यालदारासँग पनि चेल्सीले कुरा गरिरहेको छ ।

चेल्सीले हाजार्ड नेइमार भन्दा पनि महंगा खेलाडी भएको विश्वास गर्दै २ सय मिलियन पाउण्ड नपाएसम्म बेच्ने पक्षमा छैन । नेइमारलाई पेरिस सेन्ट जर्मेइन(पीएसजी) ले एक सय ९८ मिलयन पाउण्डमा किनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *