त्रिशूली बस दुर्घटना अपडेट: ८ मृतककै सनाखत (नामसहित)

चितवन, साउन १२ । काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका ८ जनाकै परिचय खुलेको छ । १३ महिनाको बच्चा सुरेन्द्र राना मगर र तनहुँ भानु ५ की कविना श्रेष्ठको पहिचान भएसँगै सबैको परिचय खुलेको हो ।

शुक्रबार भएको दुर्घटनामा परि काठमाडाै‌ंका रविन गुरुङ, तनहुँ केशवटारका बावुराम तिवारी, तनहुँ भानु ५ का सुमित श्रेष्ठ, पाल्पा बगनासकालिका गाउँपालिकाका अर्जुन न्यौपाने, तनहुँ भन्सारकी कमला श्रेष्ठ र भारतको बेतिया घर भएका फिरोज मियाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएकामध्ये ६ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, चार जनाको मनकामना अस्पताल भरतपुरमा, पाँच जनाको पोखराको मणिपाल अस्पतालमा, काठमाडौंको छाउनी अस्पताल र धादिङको गजुरी अस्पतालमा एक-एक जनाको उपचार भइरहेको छ ।

काठमाडौंबाट पोखराका लागि छुटेको ना ६ ख २५०६ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौँतर्फ आइरहेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किँदा बस त्रिशूली नदी किनार नजिकै खोल्सामा खसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *