नेपालमा इबोला भाइरसको जोखिम कायमै

काठमाडौं, साउन १२ । नियन्त्रणमा आइसकेको भनिएको इबोला भाइरसको संक्रमण केही दिनअघि मात्र कंगोको एमवान्डाका सहरमा फैलिएपछि यसको जोखिम नेपालमा पनि रहेको आशंका चिकित्सकहरुले गरेका छन् ।

गत मंगलबारसम्म नौं जनामा यो भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तीमध्ये दुई जनामा संक्रमण फैलिने क्रममा छ ।

एक व्यक्तिबाट अर्को ब्यक्तिमा पसिना, यौन सम्बन्ध, वान्ता, स्तनपान, पिसाबका माध्यमबाट इबोला नामक भाइरस सर्ने गर्छ । सुरुमा संक्रमित बाँदर र चमेरोबाट अर्को मानिसमा यो भाइरस सरेको थियो ।

राजधानीस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अनुसन्धान संयोजक डा. शेरबहादुर पुनले भन्नुभयो, ‘यसको जोखिमबाट नेपाल अछुतो हुन सक्दैन ।’

कंगोमा नेपाली सेनाको आवातजावत पहिलेदेखि नै जारी छ । पछिल्लो समय रोजगारीका क्रममा सर्वसाधारण पनि त्यहाँ जाने आउने क्रम बढेकाले इबोला भाइरसको जोखिम रहेको डा.पुन बताउनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *