जनप्रतिनिधि नै गुण्डागर्दीमा संलग्न, थपलिया सख्त घाइते

धरान, ११ साउन । धरानमा जनप्रतिनिधि समेत संलग्न एक समूहले सांघातिक हमला गरी धरान १६ का दिपेश थपलियालाई सख्त घाइते बनाएको छ । थपलियालाई बुधबार राती ८ बजे एक समुहले सांघातिक आक्रमण गरेको हो ।

आफुसँग चिनजान समेत नभएका धरान १६ का दिपक आचार्य, गोकुल राई र मनोज विष्टले विना कारण सामुहिक आक्रमण गरेको घाइते थपलियाले बताएका छन् । उनले बैवाहिक कार्यक्रममा सहभागी भएर घर फर्कँदै गर्दा आफुमाथि सांघातिक आक्रमण भएको बताएका छन् ।

थपलियालाई आक्रमण गर्ने मध्येका आचार्य तत्कालिन नेकपा एमाले (नेकपा) बाट धरान १६ का जनप्रतिनिधि वडा सदस्य समेत हुन् ।

 

तीनै जना विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा थपलियाले ज्यानको शान्ति सुरक्षा र हदै सम्मको कारवाहीको माग गर्दै किटानी जाहेरी दिएपछि उनीहरु फरार भएका छन् ।

जनप्रतिनिधि जस्तो व्यक्ति नै गुण्डागर्दीमा लागेपछि जनताको शान्ति सुरक्षा कसरी हुन्छ ? भन्दै नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सह–सचिव प्रेमकुमार राईले आपत्ति जनाएका छन् । उनले विना कारण जथाभावी मान्छे कुट्दै हिंड्ने माथि कारवाही हुनुपर्ने बताए ।

पिडित थपलियाले प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी आवश्यक कानुनी कारवाही गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *