विदेश भ्रमण पैसा मात्र, उपलब्धि शून्य– प्रधानमन्त्री

काठमाडौँ, साउन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेश घुम्ने कर्मचारीको विवरण माग गरेका छन् । नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँगको छलफलमा विदेश भ्रमणले पैसा मात्रै खर्च हुने उपलब्धि भने शून्य भएको भन्दै प्रधानमन्त्रीले विदेश घुम्ने कर्मचारीको विवरण माग गरेका हुन् ।

कार्यक्रममा उनले भने, ‘विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशि खर्च भएको छ ।’ उनले भ्रमणको उपलब्धि भने शून्य भएकोले विदेश भ्रमणमा मितव्ययी नीति अन्तर्गत मन्त्री र कर्मचारीहरुलाई विदेश भ्रमणमा कडाइ गरेको बताए ।

‘गत बर्ष मन्त्रालयगत रुपमा कति कर्मचारी विदेश गएका छन् त्यस वापत कति रकम खर्च भएको छ त्यसको पूर्ण विवरण मैले मगाएको छु’ प्रधानमन्त्री ओलीले भने ‘साउन २० गतेसम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धी र क्षतिबारे समीक्षा हुन्छ ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई पनि खर्चमा कडाइ गरेको जानकारी दिए । दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनुपर्ने समयको क्षति हुने उनको भनाइ छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *