रजश्वलाको रगतले सुन्दर पेन्टिङ !

कलाकारहरुले पेन्टिङ त असंख्य बनाउलान् तर दुनियाँलाई नै अचम्म पार्ने खालका पेन्टिङ भने विशेष हुन्छन् । एउटा यस्तो पेन्टिङ हो यो । जसका बारेमा थाहा पाउँदा जोकोही पनि अचम्ममा पर्दछ ।

वास्तवमा यो कुनै चानचुने पेन्टिङ होइन । एकजना महिलाले रजश्वलाका क्रममा निस्किएको आफ्नै रगतबाट तयार गरेको पेन्टिङ हो । आफ्ना रगतबाट उनले यस्तो तस्वीर तयार गरिन् कि त्यसले सबैलाई तीनछक बनाउँदछ ।

रोमानियाकी यी महिला पेशाले पेन्टर नै हुन् । उनको नाम टिमी पाली हो । उनले रजश्वलाको रगतबाट एक क्यानभासमा बच्चाको एउटा तस्वीर तयार पारेकी छिन् ।

दुनियाँलाई मातृत्वको अर्थ बुझाउनका लागि उनले यस्तो उपाय अपनाएकी हुन् ।

यसबारेमा कुरा गर्दै पाली भन्छिन्, ‘मेरो कला रगतमा होइन, रजश्वलाको महत्त्वमा केन्द्रित छ, जसले एक पुरुषलाई पिता बन्ने, महिलालाई आमा बन्ने तथा एक परिवारलाई वंश अघि बढाउने हक प्रदान गर्दछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *