निर्माण व्यवसायीको काम गुणस्तरीय हुनुपर्छ– उर्जामन्त्री बर्षमान पुन

काठमाडौं, साउन ११ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले विद्युत सेवालाई सुरक्षीत, विश्वासीलो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिएका छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो वार्षिक उत्सव कार्यक्रममा शुक्रवार बोल्दै मन्त्री पुनले विद्युत सेवा भरपर्दो हुनुपर्नेमा जोड दिएका हुन् ।

नांगो तार र काठको पोलका कारण करेण्ट लागेर मृत्यु हुने र घाईतेको संख्या बढिरहेको भन्दै मन्त्री पुनले यसमा गम्भिर बन्न सम्बन्धित निकायलाई उनले निर्देशन समेत दिएका हुन् ।

मन्त्री पुनले काठका पोल विस्थापित गर्न ३ अर्ब बजेट आवश्यक रहेको भन्दै त्यसको प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा लग्ने जानकारी समेत उनले दिए ।

‘बर्षा याममा काठको पोलका कारण दुर्घटना धेरै भइरहेको छ, काठका पोल विस्थापित गर्ने बारेमा मैले प्रधानमन्त्री ज्युलाई समेत जानकारी गराइसकेको छु, उहाले मलाई अनुमति दिइसक्नुभएकोले यो प्रक्रिया छिट्टै अघि बढ्छ ।’ मन्त्री पुनले भने ।

उनले यसका लागी बजेटको समस्या समेत नभएको बताए । मन्त्री पुनले गुणस्तरीय काम भए/नभएको बारेमा अनुगमन गर्न समेत कर्मचारीलाई निर्देशन दिए । ‘मैले सुनेको छुु १ जना निर्माण व्यवसायीले नै ७४ ठेक्का आफै लिनुभएको छ, उहाँहरुले प्रतिस्पर्धा गरेर लिएपनि काम भने गुणस्तरीय हुनुपर्छ ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले समयमै काम सक्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नेकपाका नेता समेत रहेका मन्त्री पुनले उर्जालाई सहभागीतामुलक बनाउने दाबी समेत गरे । मन्त्रालयले ३ हजार मेगावाट विजुली उत्पादन गर्ने गरी १६ आयोजनाको छनौट गरिसकेको जानकारी दिंदै मन्त्री पुनले त्यसमा सहयोग गर्न आग्रह समेत गरे । उनले सरकारले छनौट गरेका सबै आयोजनामा नाफा सुनिश्चित हुने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *