क्यालिफोर्नियामा डढेलो लाग्यो, तीन हजार स्थानीय बासिन्दालाई घर छोड्न आग्रह

अमेरिका, साउन ११ । क्यालिफोर्नियाको जंगलको केही भागमा लागेको डढेलो निकै दू्रत गतिमा फैलिएकाले क्यालिफोर्निया सरकारले उक्त राज्यका दुईवटा जिल्लामा आपतकालीन अवस्थाको घोषणा गरेको छ ।

दक्षिणी क्यालिफोर्नियाका दुई जिल्ला रिभरसाइड र सास्तामा लागेको डढेलोको गति दू्रत रहेकोले उक्त राज्यका गभर्नर जेरी ब्राउनले सो घोषणा गरेका छन् ।

जंगलको आगो बस्तीमा पनि प्रवेश गरेको र यसले कैयौँ घर र संरचना ध्वस्त बनाएको छ । गभर्नर ब्राउनले आपतकालीन अवस्थाको घोषणा गर्दै त्यहाँका स्थानीय बासिन्दालाई बाहिर सर्न आग्रह गरेका छन् ।

सो क्षेत्रमा अहिले उच्च तापक्रम, कम आद्रता र हावाहुरी चलिरहेकाले पनि आगो फैलिनेक्रम थप दू्रत बनेको आपतकालीन सूचनामा जनाइएको छ ।

आगो लस एन्जेलसबाट ९० माइल पूर्वसम्म आइपुगेको छ । यस आगलागी करिब चार हजार ७०० एकडमा फैलिएको छ । त्यहाँबाट २,००० घरका करिब तीन हजार स्थानीय बासिन्दालाई आ–आफ्नो घर छोड्न आग्रह गरिएको छ ।

आगो फैलिन नदिन उद्धारकर्मीले काम गरिरहेका छन् । तर पनि उच्च तापक्रमका कारण यो काम त्यति प्रभावकारी बन्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *