प्रधानन्यायाधीश जोशीबारे छानबिन बैठक आइतबारसम्मका लागि स्थगित

“
काठमाडौँ, साउन ११ । प्रधानन्यायाधीशमा दीपकराज जोशी योग्य भए नभएकोबारे संसदीय समितिले आज बैठक बसी गर्ने भनेको निर्णय बस्दै नबसी स्थगित भएको छ । संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ ।
संसदीय सुनुवाई समितिमा जोशीको सुनुवाई हिजै सकिए पनि समितिले उनको नाम अनुमोदन गर्ने नगर्ने निर्णय भने आज मात्र गर्न लागेको थियो ।
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा थप छानबिन गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो ।
शुक्रबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको सूचना दिइएको समितिका एक सदस्यले जानकारी दिए ।
यसअघि प्रस्तावित प्रधानन्यायाधीश जोशीको बिहीबार सुनुवाई गरी शुक्रबार निर्णय गर्ने भनिएको थियो ।
तर जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएको र त्यसबारेमा अध्ययन चलिरहेकाले बैठक स्थगित गरिएको एक सदस्यले जानकारी दिए ।
हिजोको बैठकमा जोशीलाई सांसदले झण्डै २ घण्टा विभिन्न प्रश्न सोधेका थिए । उनले आफ्ना प्रश्नहरुको अति संक्षिप्त मात्र जवाफ दिएको र केही प्रश्नको उत्तर तोडमोड गर्ने प्रयास गरेको भन्दै सबै सांसदले चित्त नबुझाएपछि समितिले आज मात्र निर्णय गर्ने गर्न लागेको थियो ।
“








