त्रिशूली बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ८ पुग्यो

चितवन, साउन ११ । इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको बस दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ ।

प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेका छन् । पाँच जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा बाटोमै मृत्यु भएको हो ।

घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ । अहिले घट्नास्थलमा प्रहरीले उद्धार जारी राखेको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि त्रिशूलीमा खसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =