“””अपडेट””: त्रिशुली नदिमा बस खस्दा ५ जनाको मृत्यृ, २५ घाइते”
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ११ । पोखराबाट काठमाडौं आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस त्रिशुली नदीमा खस्दा २५ जना घाइते भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
विपरित दिशाबाट आएको ना ५ ख ७४०९ नं. को ट्रकले लगभग ३०–३२ यात्रु सवार बसलाई ठक्कर दिँदा चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल नदि किनारमा बस खसेको हो ।
३२ यात्रु मध्ये २३ जनाको उद्धार गरी भरतपुर अस्पताल लगिएको थियो । वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








