नेविसंघद्वारा उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ११ । नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो ।
नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य वस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग आग्रह गरे ।
मूल्यवृद्धिले जनता मारमा परेकाे र सरकारले जनताको मागलाई सम्बोधन गर्न मूल्य घटाउनुपर्ने उनकाे भनाइ छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष सिजन दाहालले महँगी र मूल्यवृद्धिका कारण विद्यार्थी मारमा परेको भन्दै विरोध कार्यक्रमको आयोजना गरिएको बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








