उपराष्ट्रपति कप राष्ट्रिय महिला लिगमा आज पनि २ खेल

ललितपुर, साउन ११ । लतिलपुरमा जारी उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगीतामा आज पनि २ खेल हुँदैछन । आजको पहिलो खेलमा विभागीय नेपाल एपीएफ र रौतहटबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको प्रतिस्पर्धा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । यसअघिको खेलमा काठमाडौंलाई १०–० को फराकिलो अन्तरले हराएको एपीएफ उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

अर्को विभागीय टोली पुलिसलाई १–० ले हराएको रौतहटपनि सोहि लयका साथ मैदान उत्रने तयारीमा छ ।  आजै हुने दोस्रो खेलमा अर्को बिभागीय टोली नेपाल आर्मी र काठमाडांै आमने सामने हुनेछन् ।

दोस्रो खेल सोही मैदानमा अपरान्ह साढे ३ बजे सुरु हुनेछ । लिगको विजेताले २ तथा उपविजेता टोलीले १ लाख रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *