हिजो अनसन तोडेका डाक्टर केसीको उपचार आईसीयूमा

काठमाडौं, साउन ११ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै २७ दिन सम्म आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शिक्षण अस्पतालको १ नम्बर शैयामा उहाँको उपचार भइरहेको हो । २७ दिनसम्म अनशनमा बसेकाले शरीरका सबै अंग पुरानै अवस्थामा फर्किन हप्ता १० दिन लाग्ने डाक्टरले बताएका छन् । २७ दिनको अनशन पछि डाक्टर केसी र सरकारबीच विहीबार सहमति भएको हो ।

डाक्टर केसीको उपचारको जिम्मेवारी त्रिवि शिक्षण अस्पतालकै डाक्टर दिव्या सिंहलाई दिइएको छ । मिर्गौला रोग विशेषज्ञ उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीका पनि निजी डाक्टर हुनुहुन्छ ।

डाक्टर केसी र सरकारबीचको सहमति भएसँगै देशभरका आवासीय डाक्टरले आन्दोलन फिर्ता गरेका छन् । आजदेखि सबै डाक्टर काममा फर्किएका नेशनल रेसिडेन्ट डाक्टर्स एसोसियसनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =