अाजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

काठमाडाैं, साउन ११ । वार्ता सुरु भएको तेस्रो दिन सरकार र डा केसीबीच सहमति भएको छ । यसै पनि सरकारले ठुलो उदेश्य बोकेको छ भने त्यसक्रममा आउने समस्याको समाधान शान्तिपुर्ण नै हुनुपर्छ । विरोधका क्रममा जुम्लादेखि राजधानीको शिक्षण अस्पतालसम्म भएको प्रहरी हस्तक्षेप संयमित किसिमको छैन ।

त्यसैले आगामी दिनमा अतिवादबाट सत्तापक्ष जोगियोस् ।, आजको नागरिक दैनिकमा ‘अतिवादको आगो’ शिर्षकमा सम्पादकीय छापिएको छ ।  सन्देश प्रष्ट छ खेती गरेर जीविका गर्न असाध्य कठिन हुन थाल्यो । हाम्रो उत्पादनले बजारमा उचित मुल्य पाउँदैन भने बारीमा जानुको के अर्थ भयो र ?

बरु खाडीमा गए कमाएर ल्याईएला, जहान नभएको चाहिँ होईन । सरकारले नै कानमा तेल हालेर बसेपछि या सुने पनि नसुनेझैँ गरिदिएएपछि किसानले आफ्नो व्यथा पोख्ने विकल्प खोज्ने नै भए ।, आजकोनयाँ पत्रिकामा ‘खाडीमा होईन बारीमा’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

समितिको सम्पत्ति राष्ट्रियकरण गर्ने हो भने राज्यको ढुकुटीमा जम्मा गरेर नेताहरुलाई विदेश उपचारका लागि खर्चिनुभन्दा यातायात मजदुर तथा परिवारको सामाजिक सुरक्षाका निमित्र छुट्टै कोष बनाएर खर्च गर्नुपर्छ ।  आजको कारोवार दैनिकमा ‘यातायात समितिको सम्पत्ति व्यवस्थापन’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको विषयलाई लिएर अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य झनै खराब हुँदै गएको छ । मान्छे चिन्न पनि गाह्रो हुने अवस्था आइसक्दासमेत सम्बन्धित पक्षहरु संवेदनशील बन्न नसकेको देखिन्छ । यतिखेर यस विषयमा सरकार र डा. केसी पक्षका वार्ताटोली दुवैले लचकता अपनाई डा. केसीको ज्यान बचाउनु जरुरी छ ।

विधेयक संशोधनको विषयमा कुरा नमिल्दा बुधबार भएको वार्ता पनि विनानिष्कर्ष टुंगिएको कुरा बाहिर आएको छ । मंगलबार सकारात्मक भनिएको वार्ता बुधबार सहमति जुटाउन असफल भएपछि विनानिष्कर्ष टुंगिएको भनाइ छ ।, आजको नेपाल समाचारपत्रमा ‘संवेदनशीलताको खाँचो’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

हामीलाई विकास चाहिएको छ । तर केको विकास र कस्तो विकास ? बहसले निकास पाउनुपहिल्यै विकास खोज्दा विनाश गरिसकेका हुन्छौँ । जस्तो प्रकृतिको लागि हात्ती ठुलो हो भने विकासका लागि विमान । प्रकृति र विकास सहोदर दिदी र भाई हुन् सक्छन् कि सक्दैनन्, सोच्नुपरेको छ ।

प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल एउटा उदाहरण हो ।, आजकोकान्तिपुर दैनिकमा ‘यमनको हात्ती कि विमान’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *