त्रिविका उपकुलपतिसहित ४३ जनालाई दुई महिनाभित्र कारबाही

काठमाडाैं, साउन ११ । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिक कारवाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ ।

पुर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोप आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्ति नगर्न सिफारिस गरेको छ ।, आजको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *