सानिमा बैंकको बचत खातामा महिला ग्राहकलाई विशेष उपहार
“
साउन ९, काठमाडाै । सानिमा बैकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिदै आइरहेको छ । त्यसै अन्तरगत सानिमा बैकले मुख्य कार्यालय नक्साल तथा देशै भरीका ४५ शाखाहरुबाट महिला ग्राहकहरुलाई विशेष उपहार प्रदान गरेको छ ।
यो योजना २०७४ साल श्रावण महिना भरी चल्ने छ । साथै, प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरि सामाजिक कार्यमा खर्च गरिनेछ ।
बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ६ देखि ८ प्रतिशत सम्मको मासिक भुक्तानी हुनेगरी उच्चतम व्याज उपलब्ध गर्दै आएको छ । ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । साथै, सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।
“