कामु प्रधान सेनापतिमा पूर्णचन्द्र थापा
२०७४ जेठ १५ गते

“
काठमाडाैँ, साउन १० । नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिमा पूर्णचन्द्र थापा सिफारिस भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई कामु प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । थापाले प्रधानसेनापतिको जिम्मेवारी साउन २५ गतेदेखि सम्हाल्नेछन्।
प्रधानससेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिँदैछ। उनी साउन २४ अर्थात् सेवा निवृत्तको एक महिना अघि नै विदामा बस्ने भएपछि साउन २५ बाट थापाले कमाण्ड सम्हाल्नेछन्।
हाल बलाधिकृत रहेका थापालाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए। दुई वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








