डा. केसीले मानेनन् ९ बुँदे सहमति, के केसीको अनशन निरन्तर रहन्छ ?

काठमाडौं, साउन १० । सरकार र डा. केसी पक्षबीच भएको ९ बुँदे सहमतिमध्येको एउटा बुँदामा डा. केसीले विमति जनाएपछि वार्ता टोली पुनः बालुवाटार फर्किएको छ ।

डा. केसीपक्षका वार्ता टोलीका सदस्यहरुले यसअघिको सहमतिका बारेमा जानकारी गराएपछि केसीले १ बुँदामा असहमति जनाएका थिए।

डा. केसीले दस वर्षसम्म उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने भन्ने बुँदा जस्ताको तस्तै राख्नुपर्ने अडान लिएपछि वार्ता टोली पुनः वार्ताको लागि बालुवाटार फर्केको हाे ।

डा. केसीका समर्थक अधिवक्ता सुरेन्द्र भण्डारीले केसीको भनाई उदृत गर्दै भनेका छन् ‘सरकारले मानेन् भने डा. केसीको अनशन निरन्तर रहन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =