मन्त्रिपरिषद बैठक आजदेखि पेपरलेस (तस्बिरमा)

काठमाडौं, साउन १० । मन्त्रिपरिषद बैठकमा आजदेखि कागजको प्रयोग नगरिने भएको छ । नेपालमा पहिलोपटक मन्त्रिपरिषद् बैठक पेपरलेस भएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

(तस्बिरः कृष्ण पौड्याल, प्रधानमन्त्रीको निजी सचिवालय)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *